जोडिनुहोस
  • होमपेज
  • रास्वपा महाधिवेशन– ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी

रास्वपा महाधिवेशन– ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको ९९ जना केन्द्रीय सदस्य पदका लागि ३५५ जनाको उम्मेदवारी परेको छ ।
केन्द्रीय निर्वाचन आयोगकाअनुसार भूगोल (प्रदेश) मा १७४ जनाको उम्मेदवारी परेको छ । खुलातर्फ ८५ जनाको उम्मेदवारी परेको छ । समावेशी समूहतर्फ ९६ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारीमा अधिकांश मन्त्री, सांसद, सचिवालय सदस्यहरु छन् । उम्मेदवारको नाम मेसिनमा इन्ट्री गर्न ६ घण्टा समय लाग्ने निर्वाचन आयोगले जनाएको छ । रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत करिब ४ हजार प्रतिनिधि सहभागी छन् । आयोगकाअनुसार एउटा व्यक्तिलाई भोट हाल्न १५ मिनेट लाग्नेछ । भोटिङका लागि ८० वटा मेसिन राखिएको छ । प्रवासबाट प्रतिनिधिलाई मोबाइल एपमार्फत मतदानको व्यवस्था गरिएको छ । एक व्यक्तिलाई ढिलोमा १५ मिनेट लागे पुरै मतदान सकिन कम्तिमा ८ देखि १० घण्टा लाग्ने निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?