
काठमाडौं । चिकित्सा शिक्षा अभियन्ता डा। गोविन्द केसीले माग सम्बोधन नभए भोलि बिहीबार देखि २२ औँ पटक सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको छ ।
प्रेस विज्ञप्ति
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नयाँ नियुक्ति तुरुन्त नभए असार २५ गतेदेखि सत्याग्रह गर्ने भन्ने योजना हाललाई स्थगन गरेको कुरा जानकारी गराउँदछु। यो आयोग, चिकित्सा शिक्षाको सर्वोच्च नियमनकारी निकाय हो तर स्थापनाकालदेखि नै यसलाई कमजोर बनाउन विभिन्न किसिमका तत्वहरु लागिपरेका छन्। आयोगका अति महत्वपूर्ण अंगको रुपमा रहेका निर्देशकहरुको नियुक्ति प्रक्रिया अझसम्म पनि सुरु नहुनुमा माफिया लगायतका यिनै तत्वहरुको सरकारमाथिको प्रभावको परिणाम हो। पदाधिकारीहरूले चिकित्सा शिक्षा आयोगको मर्यादा र चिकित्सा शिक्षा ऐनको मर्म अनुरूप निःस्वार्थ भाव र निष्पक्ष ढङ्गले कार्य गरे हाम्रो समर्थन र सहयोग रहने अन्यथा सदाझैँ सशक्त विरोध तथा आन्दोलन गरिने कुरा जानकारी गराउँदछु।
स्मरण रहोस् ( प्रधानमन्त्रीलगायत हामीले पाउने तलब, भत्ता र सुविधाको स्रोत सर्वसाधारण नेपालीले छाक काटेर तिरेको कर हो। शिक्षा र स्वास्थ्य सेवा क्षेत्र सेवामूलक हुन् र यिनीहरुसँग प्रत्यक्ष जोडिएको राष्ट्रिय चिकित्सा शिक्षा ऐनको अक्षरश पालना गरौं भन्ने आह्वान गर्दछु।
नेपालकै अनुसरण गरेर स्थापित भएको र हस्तक्षेपमुक्त सहयोग पाएको भारतको राष्ट्रिय चिकित्सा आयोग मार्फत चिकित्सा शिक्षा विकास र विस्तार भइरहँदा, हाम्रा सरकार, नेता र माफियाको स्वार्थपरक हस्तक्षेपका कारण दशकौँको संघर्ष र वलिदान पछि स्थापित नेपालको चिकित्सा शिक्षा आयोग अस्तित्व जोगाउन सङ्घर्षरत छ। आखिर नेपालका दल र सरकारले कहिले पाठ सिक्ने र जवाफदेही बन्नेरु
प्रा डा गोविन्द केसी,
काठमाडौँ,






































