जोडिनुहोस
  • होमपेज
  • मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ संसदीय सुनुवाई ‘होल्ड’

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ संसदीय सुनुवाई ‘होल्ड’

काठमाडौं । संसदीय सुनुवाई समितिले मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलका बिषयमा थप अध्ययन गर्ने भएको छ ।
बुधबार समिति बैठकमा प्रस्तवित राजदूत खरेलका बिषयमाथि बिभिन्न प्रश्न उठेपछि थप अध्ययन गरेपश्चात सुनुवाई प्रक्रिया अघि बढाउने निर्णय गरिएको हो । बैठकमा समिति सदस्यहरुले आर्थिक चलखेल लगाएतका प्रश्न उठाउदै भन्दै थप अध्ययन गर्नुपर्ने बताएका थिए ।

रास्वपा संसदीय दलका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रस्तावित राजदूत खरेलका बिषयमा थप अध्ययन गरेर, आवश्यक परे थप सुनुवाईमा बोलाउन सकिने धारणा राख्नुभयो ।
त्यस्तै नेकपा सांसद बर्षमान पुनले खरेलका बिषयमा धेरै बिषय उठेकाले थप छलफलको आवश्यकता देखिएको उल्लेख गर्नुभयो ।
त्यस्तै एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले समितिमा उजुरी नपर्दा पनि शंका गर्नुपर्ने धेरै तथ्यहरु सार्वजनिक भइसकेको अवस्थामा थप अध्ययन आवश्यक रहेको बताउनुभयो ।

प्रस्तावित राजदूत खरेलले आफूमाथि लागेका सम्पूर्ण आरोपहरुमा कुनै सत्यता नरहेको बताउनुभएको थियो । अनुचित कारोवारका कुनै पनि तथ्य प्रमाण भेटिए त्यसलाई पुष्टि गर्न उहाले चूनौति दिनुभयो । उहाले आफुले अनुदान मिलाइने भन्दै कसैसंग रकम नलिएको दावी गर्नुभयो । बाइट………
सांसदहरुले थप अध्ययन गर्नुपर्ने माग राखेपछि समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूत खरेलका बिषयमा थप अध्ययन गर्नुपर्ने भएको त्यसपछि मात्रै आवश्यक सुनुवाई प्रक्रिया अघि बढाइने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका