
काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही अस्ट्रेलिया लाग्ने भएकी छन्।
नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप नखेल्ने भएपछि उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्ने भएकी हुन्। उनलाई मंगलबार नै टाइगर ग्रुप अफ नेपालले पोखरामा बिदाई गरेको थियो।
उनले अस्ट्रेलियामा एक प्रतियोगिता खेल्ने जानकारी दिइन्। नेपाल भलिबल संघ ९एनभीए० को आयोजनामा च्याम्पियनसिप ११ पुसदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सुरु हुँदैछ।
च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरी कुल २० टोली सहभागी हुने आयोजक नेपाल भलिबल संघले जनाएको छ।





































