जोडिनुहोस
  • होमपेज
  • शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको छु– शेरबहादुर देउवा

शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको छु–  शेरबहादुर देउवा

काठमाडौं । नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्कनुभएको छ ।
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परी घाइते हुनुभएका पूर्वसभापति देउवा पाँच महिनापछि बिहीबार स्वदेश फर्कनुभएको हो । स्वदेश फर्कदा देउवालाई त्रिभुवन बिमानस्थलमा कांग्रेस नेता एवं कार्यकर्ताकाले स्वागत गरेका थिए । त्यस्तै स्वदेश फर्किए लगतै वक्तव्य जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताउनुभएको छ ।
उहाले मुलुकको मियो दलमा विवाद हुँदा मुलुकको राष्ट्रियता नै कमजोर हुनसक्ने भएकाले सबैले त्याग, बलिदान र सङ्घर्ष स्वीकार गरेर अघि बढ्न अपिल गनुभएको छ ।
वि.सं. २०३३ सालमा बिपी कोइराला राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसङ्ग उल्लेख गर्दै देउवाले वर्तमान समयमा पनि सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताउनुभएको छ ।
आफुलाई राजनैतिक रुपमा लिनु पर्ने केहिपनि नभएकाले विगतको अनुभव नयाँ पुस्तालाई शेयर गर्नु आफ्नो दायित्व भएको उहाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका