
काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
बुधबार शितल निवासमा आयोजित विशेष समारोहकाबीच प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगाएत उच्च पदस्थ व्यक्तिहरुको उपस्थीति रहेको थियो ।
राष्ट्रपतिसमक्ष सपथ लिएसंगै अव प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले चैत्र १२ गते बिहीबार सिंहदरबारमा प्रतिनिधिसभामा निर्वाचित अन्य सदस्यहरुलाई सपथ खुवाउने कार्यक्रम छ ।




































