जोडिनुहोस
  • होमपेज
  • मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता

मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता

काठमाडौँ । सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गबाट प्रदेश ३ ०१–२४ च ९५७३ नम्बरको कार सुनकोशी नदीमा खसेको छ ।

आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको उक्त कारलाई काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको बा ०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको छ ।

उक्त कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको घटनास्थल पुग्नुभएका स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिनुभयो ।

उक्त कारमा अर्का एक व्यक्तिसमेत रहेको अनुमान गरिएको छ । घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी खोज तथा उद्धारमा जुटिसकेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका