जोडिनुहोस
  • होमपेज
  • रास्वपाको महामन्त्रीमा आचार्य र उपसभापतिमा सोविता गौतम निर्वाचित

राजनीति

रास्वपाको महामन्त्रीमा आचार्य र उपसभापतिमा सोविता गौतम निर्वाचित

सहमहामन्त्रीमा हरि ढकाल , असिम शाह र निशा डाँगी निर्वाचित

रास्वपाको महामन्त्रीमा आचार्य र उपसभापतिमा सोविता गौतम निर्वाचित

ईश्वर जोशी, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित हुनुभएको छ ।
शुक्रबार भएको दोश्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित हुनुभएको हो । त्यस्तै पार्टीको महामन्त्रीमा विपीन आचार्य निर्वाचित हुनुभएको छ । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार रहनुभएको थियो ।
त्यसैगरि पार्टीको सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित हुनुभएको छ भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित हुनुभएको छ ।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित हुनुभएको थियो । यसअघि पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका