
काठमाडौं । नेपाली बजारमा बिहीबार ९असार ११० सुनको मूल्य घटेको छ । सुनको भाउ तोलामा पाँच हजार २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ७८ हजार ३०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि तोलामा २५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार २३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।



































