
काठमाडौं । रसुवामा बाढीका कारण हालसम्म १ हजार ३ सय ५६ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बाढी र पहिरोमा परी ठुलो संख्यामा मानवीय क्षति हुनुका साथै करिव ५ हजार व्यक्ति अझै सम्पर्कविहीन छन् ।
प्राधिकरणकाअनुसार बाढीबाट सबैभन्दा बढी चितवनमा ३६३ जनाको मृत्यु भएको छ ।
त्यस्तै, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र पहिचान खुलेको छ । पहिचान हुन बाँकी शवहरूको डिएनए परीक्षणका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।









































