
काठमाडौँ । भोटेकोशी खोलामा आएको भीषण बाढीका कारण मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवद्र्धित लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत १९ जना सम्पर्कमा आएका छन् । उनीहरु मध्ये केहिको उद्दार कार्य समेत सुरु भइसकेको छ । कम्पनीले जारी गरेको पछिल्लो विवरण अनुसार, बाढीपछि सम्पर्कविहीन भएका ६० जनामध्ये हालसम्म १९ जना सम्पर्कमा आएका छन् भने बाँकीको खोजी कार्य तीव्र पारिएको छ ।
बाढीले थुनेको सुरुङ खुलाउँदा भित्र रहेका करिब ९ देखि १० जना कामदारको मृत्यु भएको सेनाले जानकारी गराएको कम्पनीले जनाएको छ । शव पहिचान र कानुनी प्रक्रियाका लागि सेनाले उक्त क्षेत्रलाई आफ्नो संरक्षण मा लिएको छ । हराइरहेका अन्य कर्मचारी, ठेकेदारका कामदार र सुरक्षाकर्मीहरूको उद्धार तथा खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय प्रशासन निरन्तर खटिएका छन्।




































