जोडिनुहोस
  • होमपेज
  • नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गर्ने सरकारको निर्णय

नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।
सिंहदरवारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।
बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ भने निजामती सेवा (सोह्रौँ संशोधन) नियमावली २०८१ स्वीकृत गरेको छ ।
त्यस्तै बैठकले सुदन गुरुङको सम्बन्धमा गठित अध्ययन तथा छानबिन समितिले पेस गरेको प्रतिवेदनलाई ग्रहण गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो । प्रतिवेदन अध्ययन गरेर आवश्यक निर्णय लिइने उहाको भनाइ छ । त्यस्तै प्रवक्ता पोखरेलले आर्थिक विधेयकमा कुनै चलखेल नभएको भन्दै अर्थमन्त्रीले मेहनत गरेर राम्रो बजेट ल्याएकाले पूर्ण समर्थन रहेको धारणा राख्नुभयो ।

संसदको अवरोधबाट प्रवक्ता पोखरेलले आवश्यक परेका अवस्थामा प्रधानमन्त्री सदनमा गएर जवाफ दिने उल्लेख गर्नुभयो । साथै उहाले मेट्रो र मोनोरेल सञ्चालनका लागि सम्भाव्यता अध्ययन भइरहेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका