
काठमाडौँ । सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।
मन्त्रीपरिषदको आज बसेको बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
बैठकले विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाका सदस्य सुशील खड्का र योगेश गौचन थकालीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
भूमिसम्बन्धी २१ औँ संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। तिमिल्सिनाले जानकारी दिनुभयो ।








































