जोडिनुहोस
  • होमपेज
  • काभ्रेको खानीखोलामा व्यावसायिक बन्दै कफी खेती

काभ्रेको खानीखोलामा व्यावसायिक बन्दै कफी खेती

काभ्रे । गाउँमै कमाउँ, गाउँमैरमाउँ’ भन्ने नारालाई व्यवहारमै उतार्दै काभ्रेको विकट खानीखोला गाउँपालिकाले कफीखेतीमार्फत ग्रामीण अर्थतन्त्रलाई नयाँ दिशा दिएका छन् । सडक सञ्जाल कमजोर,शिक्षा–स्वास्थ्य पहुँच टाढा, रोजगारीको अभाव र गरिबीका कारण काभ्रेको दक्षिणीभेगका खानीखोला गाउँपालिकाका नागरिक वर्षौंदेखि विकटताको पीडामा बाँचेका थिए ।तर, अहिले त्यही भूगोलमा कफीको हरियाली फैलिएको छ । पहाडका पाखा–पखेरामाफैलिएका कफीका बोटले केवल जमिन मात्रै हराभरा बनाएका छैनन्, स्थानीयको जीवनशैली,सोच र आर्थिक अवस्थासमेत परिवर्तन गर्न थालेका छन् । खानीखोलाको वडा नं.२ फलामेटार यतिबेला कफी उत्पादनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।गाउँपालिकाले प्रदेश सरकारसँगको सहकार्यमा कफी खेतीलाई प्राथमिकता दिएपछि अधिकांशघरधुरी कफी उत्पादनमा जोडिएका छन् । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खानीखोलाकोमाटो र मौसम कफी खेतीका लागि अत्यन्त उपयुक्त भएकाले यसलाई समृद्धिको आधारबनाइएको बताउनुभयो । ्रेफलामेटार कफी उत्पादककृषक समूहका अध्यक्ष तथा पूर्व संविधानसभा सदस्य अक्कलबहादुर थिङले गाउँमायुवादेखि ज्येष्ठ नागरिकसम्मलाई कृषि उत्पादनमा जोड्ने अभियान सफल हुँदै गएको बताउनुभयो।   एक वर्षमै ७० टनकफी उत्पादन भएको गाउँपालिकाको तथ्यांक छ । आगामी वर्षदेखि सबै बिरुवाले उत्पादनदिन थालेपछि वार्षिक २० देखि ३० करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएकोछ । वडा नं. २ का कृषकहरूले मात्रै १० करोड रुपैयाँभन्दा बढीको कफी बिक्री गर्न सक्नेअपेक्षा गरेको जनाएका छन् ।
कृषि विकास कार्यालयकाभ्रेका प्रमुख कुलप्रसाद दवाडीका अनुसार काभ्रे जिल्लाबाट मात्रै वार्षिक १ सय ८५मेट्रिक टन कफी निर्यात भइरहेको छ । देशभर ७ सय मेट्रिक टन कफी निर्यात हुँदामहाभारत र खानीखोलाबाट सबैभन्दा बढी व्यावसायिक उत्पादन भइरहेको उहाले बताउनुभयो ।
कृषि विकास कार्यालयकाभ्रेका प्रमुख कुलप्रसाद दवाडी का अनुसार काभ्रे जिल्लाबाट मात्रै वार्षिक १ सय ८५मेट्रिक टन कफी निर्यात भइरहेको छ । देशभर ७ सय मेट्रिक टन कफी निर्यात हुँदामहाभारत र खानीखोलाबाट सबैभन्दा बढी व्यावसायिक उत्पादन भइरहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका