जोडिनुहोस
  • होमपेज
  • इएफएस फाइट नाइट–८ को तयारी तीव्र, डि गो एपबाट प्रत्यक्ष प्रसारण हुने

इएफएस फाइट नाइट–८ को तयारी तीव्र,  डि गो एपबाट प्रत्यक्ष प्रसारण हुने

काठमाडौ । डव्लुविसी मुए थाई नेपालको को आयोजनामा इएफएस फाइट नाइट–८ नामक अन्तर्राष्ट्रिय स्तरको मुए थाई प्रतियोगिता यही मे १६ मा काठमाडौंमा आयोजना हुने भएको छ ।
सन् २०२१ अगस्ट २७ मा स्थापना भएको डव्लुविसी मुए थाई अर्गनाइजेसनसँग आबद्ध यस संस्थाले खेलाडी विकास, व्यवस्थित प्रतिस्पर्धा र अन्तर्राष्ट्रिय अवसर विस्तार गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार प्रतियोगितामा कुल २६ वटा फाइटमा ५२ जना खेलाडी सहभागी हुनेछन् । तीमध्ये ६ वटा प्रोफेशनल बाउट हुनेछन् भने बाँकी खेलहरू एमेच्योर तथा प्रो–एमेच्योर नियमअनुसार सञ्चालन गरिनेछन् ।
मुख्य प्रतिस्पर्धा ५८ केजी सुपर फेदरवेट तौल समूहमा हुने छ, जसमा एरावान मुए थाई फाइट जिमका कामा बहादुर मगराती र जिमखाना परफर्मेन्सका गुरमान घर्ती मगरबीच प्रतिस्पर्धा हुनेछ । विजेताले डव्लुविसी मुए थाई नेशनल च्याम्पियनसिप बेल्टसँगै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
सह–मुख्य प्रतिस्पर्धा ४८ केजी लाइट फ्लाइवेट तौल समूहमा हुनेछ, जसमा नेपालकी करिश्मा कार्की र भारतकी पुष्पा आरबीच अन्तर्राष्ट्रिय भिडन्त हुनेछ । यसैगरी प्रारम्भिक चरणअन्तर्गत विभिन्न तौल समूहमा सन्तोष खातुन र एलन ठकाली, फुर्बा शेर्पा र अनुप कटुवाल, सञ्जु लामा र आलिश बोम्जोम तथा मुबिन राई र दावा लामाबीच प्रतिस्पर्धा हुने तय गरिएको छ ।
प्रतियोगितामा देशभरका ९ वटा जिमबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ, जसले नेपालमा मुए थाई खेलको तीव्र विस्तारलाई झल्काउने विश्वास गरिएको छ । इएफएस फाइट नाइट–८ को डिस होम को डि गो बाट प्रत्यक्ष प्रसारण हुने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका