जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको आक्रमणबाट काबुल अस्पतालमा ४ सयको मृत्यु

पाकिस्तानको आक्रमणबाट काबुल अस्पतालमा ४ सयको मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा पाकिस्तानको वायुसेनाले एक लागूऔषध दुव्र्यसनी उपचार अस्पताललाई लक्षित गर्दै हवाई आक्रमण गरेको छ। अफगान अधिकारीहरूले कम्तीमा ४ सय व्यक्तिको मृत्यु र करिब २५० घाइते भएको पुष्टि गरेका छन्।

अफगान सरकारका उपप्रवक्ता हमदुल्लाह फितरतले सोमबार सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा अस्पतालमा राति करिब ९ बजे भएको आक्रमणले २ हजार शय्याको ओमिद एडिक्सन ट्रिटमेन्ट अस्पताललाई ध्वस्त पारेको जानकारी दिएका छन्।

पाकिस्तानले भने आक्रमणलाई खण्डन गर्दै अफगानिस्तानमा आतंकवादी पूर्वाधार र सैन्य प्रतिष्ठानलाई लक्षित गरिएको बताएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका