जोडिनुहोस
  • होमपेज
  • पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टिकरण सोध्ने कांग्रेसको निर्णय

पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टिकरण सोध्ने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको वैठकले आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा रहेको भन्दै पार्टीको लेटरहेड दुरुपयोग गरि अनाधिकृत बक्तब्य जारी गरेको भन्दै खड्कालाई सात दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । यसअघि लेटरहेड दुरुपयोग गर्ने काम गरेकोप्रति एक पटकका लागि सचेत गराउने निर्णय भएकोमा त्यसपछि पनि निरन्तर रुपमा पार्टीको लेटरहेड दुरुपयोग गरेकाले पार्टीको विधान अनुसार स्पष्टिकरण सोध्ने निर्णय भएको कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिनुभयो । सात दिन भित्र स्पष्टीकरण नआए पार्टीको विधान अनुसार अन्य प्रक्रिया अघि बढ्ने उहाले बताउनुभयो ।
त्यस्तै बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए २०८२ चैत्र मसान्तसम्म उजुरी पठाउन निर्देशन गरिएकोमा सोको समयाअवधी २०८३ वैशाख मसान्तसम्म थप गर्ने निर्णय गरेको छ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही नहुने केन्द्रीय अनुशासन समितिका संयोजक गुरुङले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका