जोडिनुहोस
  • होमपेज
  • सरकार राज्य आतंकतर्फ उन्मुख भएको एमाले निष्कर्ष, प्रतिवादमा उत्रन आह्वान

सरकार राज्य आतंकतर्फ उन्मुख भएको एमाले निष्कर्ष, प्रतिवादमा उत्रन आह्वान

ललितपुर । नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन आह्वान गरेको छ ।
मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले सरकार गठनलगत्तै थालिएका गैरकानुनी तथा प्रतिशोधपूर्ण धरपकडले सरकार राज्य आतंकतर्फ उन्मुख भएको भन्दै एकताबद्ध प्रतिवादका लागि सबै राजनीतिक दल, संघ÷संगठन तथा नागरिक समाजसँग आह्वान गरेको हो । एमालेको शान्तिपूर्ण विरोध प्रदर्शनहरुमा सरकारका तर्फबाट अत्याधिक बल प्रयोग गरी परिस्थितिलाई उत्तेजित बनाउने काम भएको भन्दै बैठकले गम्भीर आपत्ति प्रकट गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली माथि गरिएको पूर्वाग्रह तथा प्रतिशोधपूर्ण र गैरकानुनी गिरफ्तारीका विरुद्ध सबै ठाउँबाट कानुनी र राजनीतिक प्रतिवादलाई देशव्यापी रुपले निरन्तरता दिने निर्णय बैठकले गरेको उहाले बताउनुभयो ।

उहाले जनादेश र जनभावनाअनुसार काम गर्न सडक, सदन र संवाद तीनवटै मोर्चाबाट सरकारलाई खबरदारी गरिने उल्लेख गर्नुभयो ।
त्यस्तै बैठकले प्रतिनिधिसभा निर्वाचन र त्यसपछि उत्पन्न परिस्थितिको बारेमा समीक्षा गर्न तथा पार्टी संगठनलाई पुनव्र्यवस्थित गर्नका साथै जिम्मेवारी बाँडफाँट लगायतका विषयमा छलफल गर्न निकट भविष्यमै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको महासचिव पोखरेलले बताउनुभयो ।

बैठकले वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसलाई छलफल, अन्तक्र्रिया, संवाद, विचारगोष्ठी लगायतका विभिन्न रचनात्मक कार्यक्रमसहित मनाउन पार्टी कमिटी तथा जनवर्गीय संगठनहरुलाई आह्वान समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका