
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनको मूल्य प्रतितोला २६ सय रुपैयाँले घटेको हो ।
आजका लागि प्रतितोला दुई लाख ९१ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर चार हजार ७८० रुपैयाँ कायम भएको छ ।









































