जोडिनुहोस
  • होमपेज
  • एमाले संसदीय दलको नेतामा राम बहादुर थापा बादल निर्विरोध निर्वाचित

एमाले संसदीय दलको नेतामा राम बहादुर थापा बादल निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा एमाले संसदीय दलको नेतामा राम बहादुर थापा बादल निर्विरोध निर्वाचित हुनुभएको छ ।

पार्टी कार्यालय च्यासलमा बुधबार बसेको एमाले संसदीय दलको बैठकले दलको नेतामा थापालाई निर्वाचित गरेको हो । संसदीय दलको नेतामा एमाले सांसद सुहाङ नेम्वाङले पनि दावी प्रस्तुत गर्नुभएको थियो । तर अन्तिम समयमा थापाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित घोषणा गरिएको हो ।

त्यस्तै संसदीय दलले चैत्र २१ गते संघीय संसदका आफ्ना सांसदहरुलाई अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको छ भने पार्टी अध्यक्ष केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पूर्वाग्रहपूर्ण रुपमा पक्राउ गरेको भन्दै निःशर्त रिहाइको माग गरिएको एमाले उपाध्यक्ष एवं ससदीय दलका नेता राम बहादुर थापा बादलले जानकारी दिनुभयो ।
उहाले अध्यक्ष ओलीको निःशर्त रिहाइका लागि सडकका साथै सदनबाट पनि पार्टीले आवाज उठाउने उल्लेख गर्नुभयो । बैठकले विधेयकका बारेमा विज्ञहरुसंग परामर्शका लागि सात सदस्यीय कार्यदल गठन समेत गरेको उहाले बताउनुभयो । थापाले पार्टी र देश÷जनताका मुद्दाहरुलाई प्रभावकारी ढंगले सदनमा उठाउदै रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

बैठकपछि एमाले सांसद सुहाङ नेम्वाङले संसदीय दलमा आफुले दावि गरेर पार्टीलाई रुपान्तरणको पहिलो प्रयास गरेको बताउनुभयो । दलको नेता चयनका लागि भएको प्रक्रिया स्वभाविक भएको भन्दै यसलाई अन्यथा लिन नहुने उहाको भनाइ छ । उहाले एमालेलाई सुदृढ गर्न पार्टीभित्र सदैव गम्भीर भएर लाग्ने उल्लेख गर्नुभयो ।

त्यस्तै नेम्वाङले संसद भवन भित्र सत्तापक्ष र प्रतिपक्षी भन्दा पनि देश र जनताको हित सोचेर सरकारका राम्रा कामलाई सहयोग र नराम्रा कामलाई खवरदारी गर्ने बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका