जोडिनुहोस
  • होमपेज
  • सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, रेमिट्यान्स तथा मनि एक्स्चेञ्जतर्फ आईएमई लिमिटेड उत्कृष्ट

सरकारद्वारा उत्कृष्ट करदातालाई सम्मान, रेमिट्यान्स तथा मनि एक्स्चेञ्जतर्फ आईएमई लिमिटेड उत्कृष्ट

काठमाडौँ । यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा भएको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको विवरण घोषणा गरेको हो ।
विभागमा आयोजित कर दिवस समारोहमा सार्वजनिक गरिएको विवरणअनुसार निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित भएका छन् ।
त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा धेरै कर तिरेको छ । बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधितर्फ तिन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् ।
प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद एक्सेप्सनल बिजनेस विधातर्फ भाटभटेनी सुपरमार्केटउत्कृष्ट करदाताको सूचीमा परेका छन् । भाटभटेनीको तर्फबाट सावित्री गुरुङले उक्त सम्मान तथा प्रमाणपत्र ग्रहण गरिन् ।

उत्कृष्ट घोषित करदाता तथा कम्पनीका प्रतिनिधिहरूलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित अर्थ मन्त्रालय तथा विभागका अधिकारीहरूले प्रमाणपत्रसहित सम्मान गरेका थिए ।

यी हुन् यस वर्षको उत्कृष्ट करदाताको पूर्ण सूची

१. निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला : सूर्य नेपाल

२. एकलौटी व्यवसायतर्फ : थर्ड आई इन्टरनेशनल

३. वस्तु निर्यातको कारोबारमध्ये : डाबर नेपाल प्रालि

४. सूचना प्रविधितर्फ : तिन फाइनाइट सर्भिसेस नेपाल

५. कृषि एवं व्यवसायतर्फ : ओसीबी फुड्स एण्ड फिड्स

६. बैंकिङ क्षेत्रमा : नबिल बैंक

७. स्वास्थ्य तथा शैक्षिक संस्था : नोबेल कलेज तथा टिचिङ हस्पिटल

८. पर्यटन व्यवसायमध्ये : सोल्टी होटल लिमिटेड

९. वस्तु व्यापारको कारोबार : सीजी इम्पेक्स प्रालि

१०. ५०–१०० करोडसम्मको कारोबारमध्ये : फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि

११. ऊर्जामूलक कम्पनीतर्फ : भोटेकोशी पावर प्रालि

 

१२. रेमिट्यान्स तथा मनि एक्स्चेञ्ज : आईएमई लिमिटेड

१३. व्यक्तिगत आयतर्फ : राजबहादुर शाह

१४. मूल्य अभिवृद्धि करमध्ये सबैभन्दा धेरै : हिमालयन डिस्टिलरी लिमिटेड

१५. ५० करोडसम्म कारोबार गर्नेमध्ये : इम्पेरियल सेक्युरिटिज प्रालि

१६. विशेष उद्योगमध्ये : वरुण वेभरेज नेपाल प्रालि

१७. जीवन बीमातर्फ : लाईफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड

१८. निर्जीवन बीमातर्फ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

१९. लघुवित्तमध्ये : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड

२०. प्रतिकूल व्यावसायिक अवस्थाका बाबजुद धेरै कर तिर्ने एक्सेप्सनल बिजनेस : भाटभटेनी सुपरमार्केट

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका