जोडिनुहोस
  • होमपेज
  • गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै

गजेन्द्रमोक्ष धाममा मंसिर १ देखि विराट महायज्ञ हुँदै

नवलपरासी । नवलपरासीको पवित्र तीर्थस्थल त्रिवेणीस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा आगामी मंसिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ २०८३’ आयोजना हुने भएको छ । अनन्त श्रीविभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको पावन सत्संकल्पमा उक्त महायज्ञ आयोजना हुन लागेको हो ।

महायज्ञ मार्फत सनातन धर्म, वैदिक सभ्यता, संस्कार, संस्कृति तथा आध्यात्मिक ज्ञानको संरक्षण र प्रवद्र्धन गर्ने लक्ष्य रहेको ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ मूल आयोजक समितिले जनाएको छ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको आयोजकले जनाएको छ । त्यस्तै श्रीमुक्तिनाथ वेदविद्याश्रमलार्ई विशिष्टतम महाविद्यालयमा अभिवृद्ध गर्दै नमुना वैदिक विश्वविद्यालय स्थापना गर्ने दिर्घकालीन लक्ष्य राखिएको मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले जानकारी दिनुभयो ।

महायज्ञको सञ्चालनका लागि १०८ सदस्यीय मूल महायज्ञ सम्पादन समिति गठन गरिएको उहाले बताउनुभयो ।

महायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्र लगायतका शास्त्रहरूको पाठपारायण गरिने कार्यक्रम रहेको समितिले जनाएको छ ।
महायज्ञको विशेष आकर्षणका रूपमा विशाल धनधान्याचल तथा अष्टाचल स्थापना गरिनेछ । धार्मिक विधिअनुसार निर्माण गरिने धनधान्याचलमा विभिन्न देवीदेवताका मूर्ति स्थापना गरी शिरमा भगवान् श्रीशालिग्राम विराजमान गराउने योजना रहेको आयोजकले जनाएको छ ।

धनधान्याचललाई नेपालका मेचि महाकालीसम्मका विभिन्न देवस्थल तथा तीर्थस्थलको यात्रा गराई अन्त्यमा महायज्ञस्थलमा विधिपूर्वक स्थापना गरिनेछ ।

अष्टाचलमा तिल, जौ, गहुँ, मकै, चना, मासलगायतका अन्न अर्पण गर्न सकिने व्यवस्था मिलाइनेछ । श्रद्धालु भक्तजनले आफ्नो घरमा उपलब्ध अन्न श्रद्धापूर्वक अर्पण गरी महायज्ञमा सहभागी हुन सक्नेछन् ।

महायज्ञका अवसरमा चार वेद, उपनिषद्, १८ पुराण, श्रीमद्वाल्मीकीय रामायण, महाभारत, दिव्यप्रबन्ध तथा विभिन्न स्तोत्र लगायतका शास्त्रहरूको पाठपारायण गरिने कार्यक्रम रहेको छ ।

त्यसैगरी श्रीगजेन्द्रमोक्ष स्तोत्र, श्रीविष्णुसहस्रनाम र मूल रामायणको सहस्रावृत्र् पारायण तथा वैदिक वाङ्मय र गोवंश संरक्षण एवं श्रीसमृद्धिको कामनासहित श्रीपञ्चमहालक्ष्मी हवन आराधना गरिने बताइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?