
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले यातनाका कारण आफू जीवित फर्कन नसक्ने अवस्था रहेको भन्दै तत्काल उपचारको माग गरेका छन् ।
७४ वर्षीय खानले आफ्नो वकिल सलमान सफदरमार्फत सार्वजनिक गरेको पत्रमा आफ्नो र पत्नी बुशरा बीबीको स्वास्थ्य अवस्था बिग्रँदै गएको भन्दै तत्काल उपचारको व्यवस्था गर्न माग गरेका हुन् ।
इस्लामाबादका अधिकारीहरूले भने खानको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको दाबी गरेका छन् । उनलाई हरेक साता चिकित्सकले स्वास्थ्य परीक्षण गर्दै आएको अधिकारीहरूको भनाइ छ ।







































