जोडिनुहोस
  • होमपेज
  • सरोकार टेलिभिजनका पत्रकार गौतम सम्मानीत

आर्थिक

सरोकार टेलिभिजनका पत्रकार गौतम सम्मानीत

निजी क्षेत्रको मनोबल उच्च बनाउदै देशभित्रै रोजगारी सिर्जना गर्नु आवश्यक छ–अध्यक्ष अग्रवाल

सरोकार टेलिभिजनका पत्रकार गौतम सम्मानीत

काठमाडौं । नेपाल चेम्बर अफकमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निजी क्षेत्रको मनोबल उच्च बनाउदै देशभित्रै रोजगारीसिर्जना गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमाआयोजित नेपाल व्यापार संघको ३३ औं वार्षिक साधारणसभा तथा १७ औं अधिवेशनमाबोल्दै अग्रवालले मुलुकमा निजी क्षेत्रको सुरक्षा निकै कमजोर रहेकाले बिभिन्नआन्दोलनमा सवै भन्दा बढि क्षति निजि क्षेत्रमा हुने गरेकाले निजी क्षेत्रको मनोबल उच्चबनाउदै देशभित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभएको हो ।

जेनजी आन्दोलनमा निजीक्षेत्रका औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानहरूमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षतिहुन पुगेको उहाले बताउनुभयो । उहाले कोभिडपछि समस्यामापरेको मुलुकको आर्थिक बृद्धिदर अझै पनि माथि उठ्न नसकेकाले नयाँ बन्ने सरकारलेयसमा बिशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो । युवाहरुले अघि सारेको सुशासन,भ्रष्टाचार निवारण र रोजगारी सिर्जना लगाएतका मुद्दालाई गम्भीर रुपमा सम्बोधन गर्नुपर्नेउहाको भनाइ छ ।

कार्यक्रममा सरोकार टेलिभिजनका पत्रकार अप्सरा गौतमलगाएतका पत्रकारका साथै बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने व्यापार संघका अध्यक्ष हरि गौतम र महासचिव दिपक सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका