
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै बजारमा सुनको भाउ प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ रहेको थियो ।
यस्तै आइतबार चाँदीको भाउमा भने सामान्य गिरावट आएको छ ।


































