जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री सुशीला कार्कीद्वारा जानकी मन्दिरको दर्शन

प्रधानमन्त्री सुशीला कार्कीद्वारा जानकी मन्दिरको दर्शन

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित जानकी मन्दिरको दर्शन गर्नुभएको छ ।
निर्वाचन सम्पन्न भएपछि देशका बिभिन्न स्थानको भ्रमणमा निस्कनुभएकी प्रधानमन्त्री कार्कीले शुक्रबार जानकी मन्दिरको दर्शनका साथै पूजा अर्चना गर्नुभएको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले जानकी मन्दिर परिसरमा रहेको सीता राम मन्दिरमा दर्शन गरि किर्तनमा समेत सहभागी हुनुभएको थियो ।
जानकी मन्दिरको दर्शन गरेपछि उहाले शान्ति महशुस भएको संक्षिप्त प्रतिक्रिया दिनुभयो ।
त्यसअघि प्रधानमन्त्री कार्की निर्वाचन सफल पार्न भूमिका खेल्ने कर्मचारी, सुरक्षाकर्मी, स्थानीय सबैलाई धन्यवाद दिन बिहीबार कर्णाली पुग्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका