जोडिनुहोस
  • होमपेज
  • एमाले युवा संघ दमक अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेश, बालेनले गरे स्वागत

एमाले युवा संघ दमक अध्यक्ष र उपाध्यक्ष रास्वपा प्रवेश, बालेनले गरे स्वागत

नेकपा एमालेनिकट युवा संघका दमक अध्यक्ष र उपाध्यक्षले संगठन छाडेका छन्।अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङले युवा संघ छाडेका हुन्।

उनीहरुले बधबार युवा संघ छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । रास्वपाका वरिष्ठ नेता बालेन शाहले उनीहरुलाई रास्वपामा स्वागत गरे ।

खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन् ‘आज मिति २०८२ माघ ७ गतेबाट म छवि खतिवडा राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीको अध्यक्ष तथा नेकपा (एमाले) को संगठित सदस्य पद परित्याग गर्दै परिवर्तनलाई आत्मसात् गरी झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाएको छु,’ उनले लेखेका छन्।

उनले आफ्नो मत परिवर्तनको पक्षमा मतदाता गर्न आह्वान गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

धेरै टिप्पणी गरिएका