जोडिनुहोस
  • होमपेज
  • रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योगमन्त्री बन्ने

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योगमन्त्री बन्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रामजी यादव र गौरीकुमारी यादवलाई सरकारमा पठाउने निर्णय गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दलको बैठकले रामजी यादव र गौरीकुमारी यादवलाई मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।
सप्तरीबाट निर्वाचित सांसद रामजी यादवलाई श्रम तथा महोत्तरीबाट निर्वाचित हुनुभएकी गौरीकुमारी यादवलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
बैठकले बिभिन्न मन्त्रालयमा पार्टीका सांसद, केन्द्रीय सदस्यहरुलाई अनावश्यक उपस्थीति नजनाउन समेत निर्देशन दिएको छ । जनप्रतिनिधि र पार्टीका कार्यकताको समस्या र गुनासो सम्बोधन गर्न पार्टी कार्यालयमा हरेक दिन एकजना केन्द्रीय सदस्य र एकजना सांसदको उपस्थीति गराइने गरि नयाँ क्यालेन्डरको सुरुवात समेत गरिएको प्रवक्ता झाले बताउनुभयो । बैठकले संसदको अधिवेशन अन्त्य भएपछि आफ्ना निर्वाचन क्षेत्रमा गर्नुपर्ने समन्वय पहलहरुमा ध्यान केन्द्रीत गर्न सांसदहरुलाई निर्देशन दिएको झाले बताउनुभयो ।
त्यसैगरि बैठकले प्रतिनिधिसभा उपसभामुख पदमा श्रम संस्कृति पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएकी रुवी कुमारीलाई समर्थन गर्ने र उहाको पक्षमा मतदान गर्ने निर्णय समेत भएको प्रवक्ता झाले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका