जोडिनुहोस
  • होमपेज
  • एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइजद्वारा काँक्रेबिहार पराजित

एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइजद्वारा काँक्रेबिहार पराजित

काठमाडौं । काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा चर्च ब्वाइज युनाइटेडले काँक्रेबिहार क्लबलाई पराजित गरेको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चर्च ब्वाइजले काँक्रे बिहारलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजको जितमा दुवै गोल रिचर्ड विल्सनले गरेका थिए भने काँक्रेबिहारका तर्फबाट सुदेन विक्रम विश्वकर्माले पेनाल्टीमार्फत गोल गरेका थिए ।
जितसंगै ९ खेल खेलेको चर्च ब्वाइजले २२ अंक जोडेको छ भने काँक्रेबिहारको १ अंक रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका