जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको बसन्तपुरमा चीर ठड्याएसंगै होली पर्व शुभारम्भ

काठमाडौंको बसन्तपुरमा चीर ठड्याएसंगै होली पर्व शुभारम्भ

काठमाडौं । रंगहरुको पर्व होली सुरु भएको छ । काठमाडौंको बसन्तपुरमा चीर ठड्याएसंगै होली पर्व शुभारम्भ गरिएको हो ।

काठमाडौँको वसन्तपुरमा मङ्गलबार बिहान ७ बजेर १३ मिनेटको शुभ साइतमा चीर ठड्याइएको हो । मानन्धर समुदायका व्यक्तिहरूले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर एक अर्कालाई अबिर लगाइ होली सुरु भएको जनाउ दिएका हुन् ।

यस दिनमा पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको पाटन दरबार क्षेत्रको कृष्णमन्दिर प्रांगणमा पनि रंगीचंगी कपडा झुन्ड्याएर होलीको आगमनको जनाउ दिने परम्परा रहेको छ । यस वर्षको होली पर्व हिमाली र पहाडी जिल्लामा फागुन १८ र तराई क्षेत्रमा फागुन १९ गते मनाइदैछ ।

भगवान विष्णुका भक्त प्रल्हादलाई मार्न प्रयास गर्ने होलिकाको मृत्यु भएको खुशीयालीमा अबिर लगाएर होली खेल्ने चलन सुरु भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

बदलिँदो परिस्थिति अनुसार होली खेल्ने तौरतरिकामा भने हेरबदल हुँदै आएको छ । होलीमा जथाभावी रंग दल्ने, लोला हान्ने काम हुन नदिन स्थानीय प्रशासनले पनि कडा निगरानी राख्दै आएको छ ।

फागुन शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतिक चीर टुंडिखेलमा लगेर दोहन गरेपछि होली पर्व सकिने मान्यता रहि आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका