जोडिनुहोस
  • होमपेज
  • अव बोलेर नभइ कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको छ–रवि लामिछाने

अव बोलेर नभइ कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने बेला आएको छ–रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रतिशोधको अध्याय नदोहरिने र आस्थाका आधारमा कसैमाथि फरक व्यवहार नहुने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा धारणा राख्दै सभापति लामिछानेले संख्याका आधारमा प्रतिशोध र अत्याचार नहुने बताउनुभएको हो । लामिछानेले आफूहरूलाई जनताले सिंहदरबार चलाउन नभई सिंहदरबार बदल्नका लागि मत दिएको र सोहीअनुसार काम सुरु गरिसकेको स्पष्ट गर्नुभयो ।

आफुहरु प्रश्न गरेर नै अहिलेको अवस्थामा आएको भन्दै सभापति लामिछानेले अव बोलेर नभइ कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाले अव मुलुकमा सुशासनको बेग कुनै हालतमा नरोकिने जिकिर गनुृभयो । उहाले यसअघि जस्तो अव आफ्नालाई जोगाउन र अरुलाई फसाउन कानुन नै संशोधन हुने क्रम अब नहुने जिकिर गर्दै सहिदको आमाको न्याय पाउने पहिलो हक भएकाले त्यसलाई प्रतिशोध भन्न नपाइने बताउनुभयो ।

सभापति लामिछानेले बिचौलिया र माफियाले थिचिएको निजी क्षेत्रलाई अब त्यस्तो दबाब नपर्ने भन्दै समान अवसर र व्यावसायिक वातावरण सरकारले मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले जातीय र लैङ्कि आधारमा कुनै विभेद नहुने भन्दै ज्येष्ठ नागरिकको सम्मान र बालबालिकाको शिक्षा, स्वास्थ्यका लागि विशेष ध्यान दिने बताउनुभयो ।

त्यस्तै सभापति लामिछानेले विगतमा राजनीतिक नियुक्ति लिएकालाई स्वेच्छिक रूपमा मार्गप्रशस्त गर्ने अपेक्षा गर्दै उहाँले नयाँ नियुक्तिमा विधि र योग्यताको मापदण्ड पालना हुने जनाउनुभयो । प्रतिपक्षलाई पनि साथमा लिएर मित्रवत् र पारदर्शी परराष्ट्र नीति कायम गर्ने उहाको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका