जोडिनुहोस
  • होमपेज
  • अदालतले आफुलाई न्याय दिनेमा विश्वस्त छु–रवि लामिछाने

अदालतले आफुलाई न्याय दिनेमा विश्वस्त छु–रवि लामिछाने

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आफुमाथि लागेका आरोपमा अदालतले न्याय दिने विश्वास व्यक्त गर्नुभएको छ ।
बिहीबार जिल्ला अदालत कास्की पोखरामा तारिख बुझ्न उपस्थीत हुनुभएका लामिछानेले सञ्चारकर्मीसंग कुरा गर्दै अहिले तारिक बुझ्न आफु बिभिन्न अदालतमा जानुपरेको भन्दै अदालतले आफुमाथि न्याय गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।
सवैले न्याय पाउने अदालतबाटै भएकाले कानूनी र अदालती प्रक्रियालाई आफुले सदैव सम्मान गर्ने उहाले बताउनुभयो ।
उहाले मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफै उपस्थीत हुनुपर्ने भएकाले आफुले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको धारणा राख्नुभयो ।
सभापति लामिछानेले आफुहरु कानूनी राज्य स्थापीत गर्न हिडेकाले कानूनी प्रक्रियालाई राम्रोसंग बहन गर्ने उल्लेख गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?