जोडिनुहोस
  • होमपेज
  • गगन थापासमुहसँग एकता गरेर जाने शेखर पक्षको तयारी झुट्टो : सचिवाल

गगन थापासमुहसँग एकता गरेर जाने शेखर पक्षको तयारी झुट्टो : सचिवाल

काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति गगन थापासँग सहकार्य हुने चर्चा चलिरहेका बेला डा. शेखर कोइराला पक्षले त्यस्तो कुनै निर्णय नभएको स्पष्ट पारेको छ।

डा. कोइरालाको सचिवालयले सार्वजनिक भएको चर्चालाई निराधार बताउँदै सभापति थापासँग मिलेर अघि बढ्ने विषयमा औपचारिक वा अनौपचारिक कुनै सहमति नभएको जनाएको छ। सचिवालयका अनुसार विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिका कुनै पदाधिकारी वा सदस्यले पनि यस विषयमा नेता कोइरालासँग सम्पर्क नगरेका छन्।

सचिवालयले पार्टीभित्र फैलाइएका हल्लाप्रति ध्यानाकर्षण गराउँदै अहिलेको अवस्थामा थापा पक्षसँग सहकार्यबारे कुनै निर्णय नलिइएको स्पष्ट गरेको छ। कांग्रेसको आन्तरिक राजनीतिमा देखिएका विविध चर्चाबीच शेखर पक्षको यो प्रष्टीकरणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका