जोडिनुहोस
  • होमपेज
  • प्रतिपक्षी दलले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा के छ ?

प्रतिपक्षी दलले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा के छ ?

काठमाडौं । प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
बुधबार कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र जसपा नेपालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम विपद् व्यवस्थापनमा पूर्वतयारी सम्बन्धमा गृहमन्त्रीको ध्यानाषर्ण गराउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको हो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावमामनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३ को हालसम्मको कार्यान्वयन अवस्था र विपद् व्यवस्थापनमा पूर्वतयारीको अवस्थाका बारे जानकारी माग गरिएको छ ।
त्यस्तै विपद्को निःशुल्क एसएमएस पूर्वसूचना पठाउने व्यवस्थाको कार्यान्वयन, पहुँच, स्थानगत उपलब्धता, समय र प्रभावकारिताका बारेमा पनि सरकारलाई प्रश्न गरिएको कांग्रेसका सचेतक पदमबहादुर परियारले जानकारी दिनुभयो ।
उहाले मनसुनजन्य विपद् व्यवस्थापनको पूर्वतयारीका सन्दर्भमा सरकारको तर्फबाट गरेका काम र तयारीका सम्बन्धमा स्पष्ट पार्न र विपदबाट थप संकट आउन नदिन तत्काल सरकारलाई मार्गनिर्देश गर्न अपरिहार्य भएकोले ध्यानाकर्षण प्रस्ताव पेश गरेको बताउनुभयो ।

त्यस्तै जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उद्धारका लागि तत्काल चाहिने आवश्यक बजेट तथा राहत कोषको अवस्था, वैकल्पिक ब्यवस्था र संयन्त्रहरूको प्रबन्ध , विपद्पछि उद्धार, राहत तथा पुनःस्थापनाको तयारी, जोखिम र संवेदनशील क्षेत्र र समुदायको तत्काल सुरक्षाका लागि आवश्यक पूर्वतयारी र समन्वय लगाएका बिषय उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका