जोडिनुहोस
  • होमपेज
  • फिसिङ लिङ्कबाट बैंक खातामा चोरी बढ्दै, सचेत रहन अनुरोध

फिसिङ लिङ्कबाट बैंक खातामा चोरी बढ्दै, सचेत रहन अनुरोध

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको प्रयोग गरेर बैंक तथा वित्तीय संस्थाको खातामा रहेको रकम चोरी भइरहेकाले सावधानी अपनाउन आग्रह गरेको छ ।

ब्यूरोले एक सूचनामार्फत विभिन्न व्यक्तिको मोबाइलमा कनेक्ट आइपिएससँग मिल्दो जुल्दो नाम राखेर विभिन्न मोबाइल नम्बर तथा विभिन्न एलर्ट पठाउने गरेको पाइएको जनाएको छ ।

प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पु¥याइ ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोको भनाइ छ । ब्यूरोले यस्ता अनधिकृत लिङ्क नखोल्न तथा सचेत रहन आग्रह गरिएको प्रवक्ता दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका