
खोटाङ । खोटाङमा एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको छ ।
काठमाडौँ अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीस्थित अवतरणका क्रममा दुर्घटना भएको हो । हेलिकप्टर असन्तुलित भई दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । दुर्घटनामा परी पाइलटसहित केहि सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौँबाट गएको अर्काे हेलिकप्टरबाट उद्धार गरेको प्राधिकरणले जानकारी दिएको छ ।









































