जोडिनुहोस
  • होमपेज
  • आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु

आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु

काठमाडौंस्थित राहदानी विभाग परिसरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ । काठमाडौंस्थित राहदानी विभागको कार्यालय परिसरमा आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको शुक्रबार उपचारकै क्रममा वीर अस्पतालमा निधन भएको प्रहरी स्रोतले जनाएको छ । यद्यपी अस्पतालले भने औपचारिक रुपमा सार्वजनिक गरेको छैन ।

उनको वीर अस्पतालमा भेटिन्टलेटरमा राखेर उपचार भइरहेको थियो । नेपालीलाई भारतको नयाँ दिल्लीस्थित ‘एम्स’ अस्पतालमा लैजान सम्पूर्ण तयारी गरिएको भए पनि स्वास्थ्य अवस्था अस्थिर बनेपछि अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि वीर अस्पतालमै उपचार भइरहेको थियो । बिहीबार दिउँसो ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका नेपालीको शरीर ५५ प्रतिशत जलेको थियो ।

राइडरको काम गर्दै आएका नेपालीको मोटरसाइकलमा महानगर प्रहरीले ‘ह्वील लक’ गरिदिएपछि उनले आत्मदाहको प्रयास गरेका थिए । आर्थिक अवस्था कमजोर भएका नेपाली वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । उनले आफन्तजनलाई महानगरका कारणले आफूले आत्मदाह गर्न वाध्य भएको बताएका थिए । सरकारले उनको सबै उपचार खर्च व्यहोर्ने र थप उपचारका लागि भारत लैजाने तयारी गरिरहेको थियो । तर, गम्भीर अवस्थामा रहेका नेपालीलाई भारत लैजाने क्रममै समस्या आउन सक्ने भएपछि उनलाई यहिँ नै उपचार गराउने निर्णय भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका