खेलकुद
प्रधानमन्त्री कप एनभीए भलिबल लिगको उपाधी रुकुम पश्चिमलाई, महिलातर्फ पुलिस क्लब बिजेता
0 टिप्पणी

काठमाडौं । प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिग अन्तर्गत पुरुषतर्फको उपाधी रुकुम पश्चिम भलिबल क्लबले जितेको छ ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको फाइनल खेलमा हेल्प नेपाल स्पोर्टस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिमले उपाधी जितेको हो । खेलमा रुकुम पश्चिम २९–२७, २५–२१, ३२–३० को सेटमा जित हासिल गरेको हो ।
त्यस्तै प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधी नेपाल पुलिस क्लबले जितेको छ । शनिबार नै भएको फाइनल खेलमा न्यु डायमण्डलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले चौथौ पटक उपाधी जितेको हो । महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख र दोस्रोले ५ लाख प्राप्त गरेका छन् । नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीको सहभागीता रहेको थियो ।








































