जोडिनुहोस
  • होमपेज
  • रास्वपा महाधिवशेन– केन्द्रीय सदस्यको मतदान सकियो, पदाधिकारीको पनि आजै

रास्वपा महाधिवशेन– केन्द्रीय सदस्यको मतदान सकियो, पदाधिकारीको पनि आजै

ईश्वर जोशी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भएको छ ।
पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा ३८४ जनाले उम्मेदवार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसमा खुलातर्फ २१० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ १७४ जनाको उम्मेदवारी परेको छ । एउटा प्रदेशबाट पाँच निर्वाचित हुने छन् । सात प्रदेशबाट ३५ निर्वाचित हुने छन् भने ६४ खुलाका लागि २१० जनाको उम्मेदवारी दर्ता भएको छ ।
सुदूरपश्चिम प्रदेशमा १८, मधेस प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ३१, कोशी प्रदेशमा २०, कर्णाली प्रदेशमा ३१, बागमती प्रदेशमा २७ र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ ।
पहिलो चरणको मतदान सकिएपछि पछि दुई घण्टाभित्र मतपरिणाम घोषणा हुने निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेपछि पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्यतालिका सार्वजनिक गरिने समितिको तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका