जोडिनुहोस
  • होमपेज
  • आमूल सुधारको राजनीति मार्फत नेपाललाई जिताउन आएका हौं–स्वर्णिम वाग्ले

आमूल सुधारको राजनीति मार्फत नेपाललाई जिताउन आएका हौं–स्वर्णिम वाग्ले

काठमाडौं । रास्वपाका उपसभापति डा स्वर्णिम वाग्लेले आमूल सुधारको राजनीति मार्फत नेपाललाई जिताउन आएको बताउनुभएको छ ।
आइतबार चितवनमा पार्टीको प्रथम महाधिवेशन उद्घाटन सत्रमा बोलदै उपसभापित वाग्लेले आफुहरु कसैलाई हराउन र पुरानो पुस्तासँग लड्न नभइ नेपाललाई जिताउन र राजनीतिक संस्कार बसाल्न आएको बताउनुभएको हो ।
रास्वपालाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्न लागिएको भन्दै उहाले परिणाम दिने गरि काम गर्ने उद्घोष गर्नुभयो ।उहाले देशमा नै नागरिकले भरोसा गर्न सक्ने, युवाले अवसर प्राप्त गर्न सक्ने र उद्यमीले बिना भय लगानी गर्न सक्ने वातावरण बनाएरै छाड्ने बताउनुभयो ।
प्रथम महाधिवेशन केवल संगठनात्मक कार्यक्रम नभइ नेपालको राजनीतिक पुनर्जागरणको प्रारम्भ हुन सक्ने उहाले बताउनुभयो ।  त्यस्तै उपसभापति वाग्लेले रास्वपाको महाधिवशेन निराशाबाट आशातर्फ, गैरजिम्मेवारीबाट जवाफदेहितातर्फ, संरक्षणवादबाट प्रतिस्पर्धातर्फ, र बरालिएको राजनीतिबाट खुला, सक्षम र परिणाममुखी लोकतन्त्रतर्फको यात्राको उद्घोष समेत भएको धारणा राख्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका