जोडिनुहोस
  • होमपेज
  • एजेण्डामा बहस गरौँ, प्रचार होइन: ओली

एजेण्डामा बहस गरौँ, प्रचार होइन: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पब्लिक डिबेटका लागि आफू तयार रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक बहसमा सहभागी हुन तयार रहेको स्पष्ट पारेका हुन्।

ओलीले लेखेका छन्, “नयाँ र पुराना सबै दल चुनावमा होमिएका बेला देश जलाउने र देश बनाउने पक्षबीच प्रतिस्पर्धा भइरहेको छ। यस प्रतिस्पर्धामा नेकपा एमाले देश बनाउनेतर्फबाट मैदानमा छ।”

उनका अनुसार पछिल्लो समय सार्वजनिक बौद्धिक वृत्तबाट प्रमुख राजनीतिक नेताबीच पारदर्शी पब्लिक डिबेटको माग उठिरहेको छ। सामाजिक सञ्जालमा फ्रेमिङ गरिएका प्रचार सामग्रीमार्फत मतदातालाई भ्रमित गर्ने प्रवृत्तिका कारण यस्तो बहसको आवश्यकता महसुस भएको उनको भनाइ छ।

ओलीले आगामी निर्वाचनमा पुराना, नयाँ तथा हालै दर्ता भएका दलहरू प्रधानमन्त्रीका उम्मेदवारसहित मैदानमा उत्रिएको उल्लेख गर्दै देशको नेतृत्व गर्न चाहने दलका एजेण्डा, विगतका काम र भविष्यका योजना सार्वजनिक बहसमार्फत स्पष्ट हुनुपर्ने बताए।

“देश निर्माणका लागि हामीले के गर्‍यौं र अब कसरी अघि बढ्छौं भन्ने विषयमा आमनेसामने बहस गर्न म तयार छु,” उनले लेखेका छन्।

उनले चुनावपछि प्रधानमन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत भएका सबै नेतासँग सिधा प्रश्न र जवाफ हुने पब्लिक डिबेट आयोजना गर्न आग्रह पनि गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका