जोडिनुहोस
  • होमपेज
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु

ईश्वर जोशी, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आइतबारबाट चितवनमा सुरु भएको छ । चितवनको भरतपुरस्थीत गेष्टहाउस चौरमा आयोजित विशेष समारोहमा पार्टी सभापति सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले महाधिवेशनको उद्घाटन गर्नुभएको हो । लामिछाने र शाहले घण्टी बजाएर महाधिवशेनको औपचारिक शुभारम्भ गर्नुभएको हो ।

महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेस सभापति गगन कुमार थापा, एमाले नेता प्रदीप ज्ञवाली, नेकपा नेता बर्षमान पुन, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन लगाएत अन्य दलका नेताहरु सहभागी भएका थिए ।
महाधिवेशन अन्तर्गत बन्द सत्रमा राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन प्रस्तुत हुने रास्वपाले जनाएको छ । महाधिवेशनमा चार हजार २११ प्रतिनिधि सहभागी छन् । रास्वपाले सात प्रदेश, प्रवास, समायोजन र मनोनयनबाट प्रतिनिधि चयन गरेको हो ।
प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय नेतृत्व चयनका लागि रास्वपाले चुनावको कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका