जोडिनुहोस
  • होमपेज
  • प्रतिपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध, के भयो संंसद बैठकमा ?

प्रतिपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध, के भयो संंसद बैठकमा ?

काठमाडौं । प्रतिपक्षी दलको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी नभएको भन्दै विपक्षी दलका सांसदहरुले विरोध जनाएपछि प्रतिनिधिसभा बैठक अवरुद्ध भएको हो । बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न अर्थमन्त्री स्वर्णिम वाग्लेलाई अनुमति दिनुभएपछि बिपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए । उनीहरुले प्रधानमन्त्री संसदबाट भाग्न नमिल्ने भन्दै प्रधानमन्त्री नआएसम्म सदन चल्न नदिने जनाएका छन् । बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसीले प्र्रधानमन्त्री जवाफ दिन नआए आफूहरूले गम्भीर रूपमा लिने बताउनुभयो । उहाले प्रधानमन्त्री संसदीय मर्यादा बिपरित चलेको भन्दै आपत्ति जनाउनुभयो ।
त्यस्तै राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नीति तथा कार्यक्रममाथि देशकै मुख्य बिषय भएकाले प्रधानमन्त्री स्वयं उपस्थीत हुनुपर्ने बताउनुभयो ।

त्यस्तै अन्य बिपक्षी दलका नेताहरुले समेत प्रधानमन्त्रीको उपस्थीतिको माग गर्दै विरोध जनाएका थिए । बैठकमा रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा नियमावलीको धारा ३८ को उपधारा ३ अनुसार प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा मन्त्रीलाई तोक्न सक्ने व्यवस्था रहेको बताउनुभयो । उहाले प्रधानमन्त्रीले अर्थमन्त्रीलाई आफ्नो तर्फबाट प्रतिनिधि तोकेको अवस्थामा सहज रुपमा सदन अघि बढाउन आग्रह गर्नुभयो ।

बैठकमा सभामुख अर्यालले पनि छलफललाई अघि बढाउन आग्रह गर्नुभएको थियो, तर बिपक्षी दलका सांसदहरुले प्रधानमन्त्रीको उपस्थीतिबिना नीति तथा कार्यक्रम अघि बढ्न नसक्ने अडान राखेपछि सभामुख अर्यालले १५ मिनेटका लाथि बैठक स्थगित गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?