
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य सोमबार पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ९चैत ९० सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको हो । आइतबार भने १२ हजार ५०० रुपैयाँले घटेको थियो ।
आजको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, चाँदीको मूल्य भने तोलामा ११५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४२५ रुपैयाँ कायम भएको छ ।







































