जोडिनुहोस
  • होमपेज
  • तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण

तेक्वान्दोमा नेपाली खेलाडीलाई चार स्वर्ण

चीनको हाइनान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण जितेका छन् ।
नेपाली टोलीका प्रशिक्षक इन्द्रराज खड्काका अनुसार भिजन तामाङले दुई स्वर्ण जितेका छन् । भिजनले व्यक्तिगत पुम्सेको १९ वर्षमुनि उमेरसमूहमा स्वर्ण जिते । उनले ४९ केजी तौलसमूहमा अर्को स्वर्ण जित्न सफल भए ।
आयुष बोहराले पनि स्वर्णसहित कास्य पदक हात पारे । ब्रेकिङ इभेन्टमा स्वर्ण जितेका आयुशले व्यक्तिगत पुम्सेमा भने कास्य सीमित भए ।
सन्दीप बस्नेतले पनि ब्रेकिङमा स्वर्ण प्राप्त गरे । प्रतियोगिता मे २ देखि ४ तारिखसम्म चीनको सान्यामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका