जोडिनुहोस
  • होमपेज
  • दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

दानबहादुर कार्कीको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । निवर्तमान नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।

सरकारले प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। कार्कीले आफूलाई पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन्।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका