जोडिनुहोस
  • होमपेज
  • सुमना श्रेष्ठले गरिन् काठमाडौंको मेयरमा लड्ने घोषणा

सुमना श्रेष्ठले गरिन् काठमाडौंको मेयरमा लड्ने घोषणा

काठमाडौं । सुमना श्रेष्ठले काठमाडौंको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

पूर्वमन्त्रीसमेत रहेकी उनले आज सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्–’मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौँको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

उनले अहिले कुन पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनिन् ।

सुमना रास्वपाको पूर्वसहमहामन्त्री हुन् । उनले गत फागुन २१,२०८२ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनअघि नै रास्वपा छाडेकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?