जोडिनुहोस
  • होमपेज
  • उदयपुरको बेल्टारमा भीषण आगलागी, दुई जनाको शव फेला

उदयपुरको बेल्टारमा भीषण आगलागी, दुई जनाको शव फेला

उदयपुर । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा गएराति करिब २स्३० बजे भएको भीषण आगलागीमा दुई घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनास्थलबाट दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्टका कारण आगलागी भएको अनुमान गरिएको छ। आगलागीबाट स्थानीय लक्ष्मी खड्का र रविन कुमार दासको घर पूर्ण रूपमा ध्वस्त भएको छ। लक्ष्मी खडकाको घरमा पुस्तक पसलको गोदाम समेत रहेकाले घटनामा ठूलो क्षति भएको अनुमान गरिएको छ।

आगो नियन्त्रणका लागि चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका तथा मधेश प्रदेशअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिकाबाट दमकल खटिएका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सक्रिय सहयोगमा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो।

घटनामा ज्यान गुमाउने व्यक्तिहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन भइरहेको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक प्रभात लिम्बुले जानकारी दिनुभयो। उहाँका अनुसार घटनास्थलमा दुई जनाको कंकाल फेला परेको छ। परिवारले दिएको जानकारीअनुसार लक्ष्मी खड्का र पवन खड्का हालसम्म सम्पर्कमा नरहेकाले फेला परेका कंकाल उनीहरुकै हुन सक्ने अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका