जोडिनुहोस
  • होमपेज
  • नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन

नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ ।

बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरिक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिनुभएको हो ।
साथै उहाले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिनुभयो । निरिक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरवाट भइरहेको कामकारवाही सेवा प्रवाह र अपराध अनुसन्धानका बिषयमा जानकारी लिनुभएको परिसर प्रमुख एसएसपी थापाले बताउनुभयो ।

त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढि सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसिटिभी पुनः जडान भइसकेको जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका