
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी ओलीलाई पक्राउ विरुद्ध परेको रिट निवेदनमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । पूर्वप्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यद्वारा दायर निवेदनमाथि सोमवार न्यायाधीश मेघराज पोखरेलको इजलासमा सुनुवाइ भएको थियो , सर्वोच्च अदालतले ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा पनि कारण देखाऊ आदेश दिएको छ ।
यससँगै ओली र लेखक अदालतको आदेशबाट तत्कालै रिहा हुने सम्भावना अन्त्य भएको छ । पूर्वगृहमन्त्री लेखकका हकमा उहाकी पत्नी यशोदा लेखकले दायर गरेको निवेदनमा न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ भएको थियो ।







































